भूगोलको अनलाईन कवि गोष्ठी
काठमाडौं। भूगोल साहित्य समाजद्वारा आयोजित कवितायात्राको पांँचौ श्रृङ्खला सम्पन्न भएको छ ।
बन्दाबन्दी भए पनि सुचना तथा सञ्चार प्रविधिका माध्यमबाट विहीबार ‘भर्चुअल’ कवि गोष्ठी सम्पन्न गरियो । उक्त गोष्ठीमा आठ कविहरूले आआफ्ना रचना वाचन गरे ।
समाजका अध्यक्ष विनोद नेपालको अध्यक्षतामा भएको भर्चुअल कवि गोष्ठीमा कवि नेपालसहित दिनेशविक्रम थापा, नवराज पुडासैनी, शैलेन्द्रकुमार शाह, हरिश्चन्द्र गौतम, बु...











