सामान्यतया गित हामी जो कोहिले पनि सुन्छौ त्यो चाहे खुसिको पल बाड्न साथिहरुसङ्ग होस या दुख भुल्न एकान्तमा एक्लै होस । यसले के प्रष्ट पार्छ भने गित सङ्गीत एउटा मानव जातिको अभिन्न अङ्ग भनौ या शक्तिको श्रोत जसले हाम्रो जीवनलाई जिवन्त बनाई राखेको हुन्छ । हामिलाई सुन्दा जति आनद र सजिलो लाग्छ तर यो सृजना गर्न सर्जकलाई भने सजिलो छैन । सृजना गर्न कडा साधना मात्र भएर हुदैन गित सङ्गीत भित्र पुरै जीवन डुब्नै पर्छ अनि मात्र बल्ल राम्रो सृजना गर्न सक्छ एउटा सर्जकले । यस्ता राम्रो सृजना गर्न सक्ने सर्जकहरु अत्यन्तै कम मात्र पाईन्छ त्यस भित्रको एक सफल र कुशल सर्जक हुन डी आर अटु । सफल गितकार तथा सङ्गितकार अटुले अनगिन्ती चर्चित गितहरु बजारमा ल्याएर सवैको मन जितेका छन् । त्यस मध्य दिक्तेल बजार, गुडि जाने रेल, घामछाया, झुम्के माया, नौ लाई सुन्ना नब्बे, माथी है प¥यो, दिक्तेल बजार २, हिडि जाने बटुवा, माथी माथी हिमाली भेगमा जस्ता चर्चित गितहरु अहिले पनि श्रोताहरुको कानमा सदबहार गुन्जी रहन्छ । यी बाहेक अनगिती चर्चित गितहरु बजारमा छन । जसले गर्दा उहालाई यसक्षेत्रले नजिक बनाई रहेको छ । अत्यान्तै मिलनसार सबैका पृय अटुले नेपालका सबै चर्चित गायकर गायिकाहरुसङ्ग काम मात्र गरेन सबैको उत्तिकै प्यारो पनि छन ।

लामो समय देखि यश क्षेत्रमा गित सङ्गीत र सृजनामा नै जीवन बेथित गर्दै आएका अटु नेपालको पुर्वी पहाडी जिल्ला खोटाङमा जन्मिएका हुन । सबैको दुख पीडालाई सृजना मार्फत व्यक्त गर्न सक्ने एक कुसल सर्जक अटुका आफ्नै जीवनमा पनि सानै देखि अनगिन्ती उत्तर चढाबले पछ्याई रहेका छन । सानै हुदा आमाको मायाबाट टाढा भएका उनले थुप्रै चुनौतिहरु पार गर्दै यहासम्म आईपुगेका हुन । जब आमाको माया ममतालाई राम्रो सङ्ग महसुस गर्न सक्ने मात्र के हुन पाएको थियो कलिलो भाइ बहिनीहरुको अभिभावक पनि बन्ने जिम्मेवारी आफ्नै काधमा छाडेर आमाको स्वर्गबास भयो त्यसपछी उनमा झन उत्तर चढाब बढ्दै गयो। एका तिर आमाबाट टाढा हुनुको पीडा अर्को तिर भाईबहिनिको भविस्य कसरी उज्ज्वल बनाउने कुराले बढी चिन्तित हुन्थे । उनी हरेक दुख पिडालाई सब्दमा भन्दा सृजना मार्फत ब्यक्त गर्दथे सानै देखि बासुरिको धुनलाई बनपाखामा बजाउदै हुर्केका अटुको यश क्षेत्रमा यत्ती धेरै सफलता पाउछु सबैको मन जित्छु त्यो चाहिँ सोचेका पनि थिएनन होला। जब उनी काठमाडौ आउने तरखर हुँदै थियो त्यो बेला उनी गाउमै थिए एक दिन बिहानै रेडियोमा एकोहोरो अनौठो धुनमात्र बजि रहे। त्यो दिन थियो २०५८ साल जेष्ठ २० गतेको दिन । त्यसको केही समय पछि थाहा भयो करिब पौने ३ करोड नेपाली जनताहरुलाई टुहुरो पारेर तत्कालीन राजा बिरेन्द्रको बंश नास भएको रहेछ। पुरै देश शोकमा डुब्यो । एकातिर आफ्नै आमा गुमाएको पीडा त अर्कोतिर देश नै टुहुरो भएको पीडाले झन मन छिया छिया भयो ।

त्यस्तै भारी मन लिएर ५८ साल तिर एउटा बासुरी बोकेर आफ्नो सुन्दर भविस्यको सपना बुन्दै काठमाडौ भित्रीए । यो बिरानो सहरमा गाउँ जस्तो केही पनि थिएन तै पनि जिउनको लागि संघर्ष त गर्नै प¥यो समस्याबाट भाग्ने ठाउँ पनि त थिएन । त्य्सको केही समय पछि अटु पाटन क्याम्पसमा भर्ना भए । भर्ना भएको केही समय पछि नै क्याम्पसको आयोजनामा एउटा ठूलो कार्यक्रम भयो त्यसबेला उनले स्वर्गीय राजा बिरेन्द्रको परिवारको सम्झनामा स्वार्गिय राज परिवारप्रति समर्पित ‘देश रोयो’ कविता रचना गरि वाचन गर्ने अवसर जु¥यो यो कविताले उनलाई प्रथम त बनायो नै उनको पहिचान नै फेरियो । उनी एका एक चर्चित भए । सबैको पृय बने ।

सबैको माया पाएका उनलाई त्यो माया नै यश क्षेत्रमा लाग्नु पर्छ भन्ने प्रेरनाको श्रोत पनि हुन सक्छ । त्यसपछीका लगातार ३ वर्ष क्याम्पसमा कविता प्रतियोगितामा प्रथम भए । साहित्यिक क्षेत्रको त्यो निरन्तर तीन वर्षको सफलतासङ्गै उनले फेरि अर्को साहित्यिक सफलता हासिल गरे त्यो थियो त्रीचन्द्र कलेजमा आयोजना भएको उपत्यका व्यपी प्रगतिशील राष्ट्रीय कविता प्रतियोगितामा पनि प्रथम । यसरी उनको सफलताले शिखर चुम्दै गयो उनलाई झन यश क्षेत्रमा केही गर्नु पर्छ भन्ने उर्जा मिल्दै गयो र यश क्षेत्रमा कमाएको नाम र सबैको मायालाई यथावत राख्न अनेकौ समस्य झेल्दै सृजना तिर लागे ।

आफ्नो पढाईसङ्गै फुर्सदको समयमा कहिले रेकर्डिङ स्टुडियो तिर त कहिले सृजनामा ब्यस्त अटुले काठमाडौ मा पनि असिमित समस्य झेल्थे । राम्रो बासुरी बजाउने कला भएका उनले रोधिघरमा बासुरी बजाएर नै आफ्नो खर्च जम्मा गर्थे साथमा भाई बहिनिहरुको खर्च पनि धान्थे । भाइ बहिनिहरुको पढाईसङ्गै केही कुरामा पनि अभाब हुन दिएनन । उनी बासुरिको अलावा मादल, गिटार, हार्मोनियम पनि राम्रो बजाउनु हुन्छ । कसैको कुभलो नचाहाने सबैलाई केही न केही नया कुरा गर्न उर्जा दिने अटुले जहिले पनि अरुलाई कसैलाई दुखी नबनाउनु मर्दा सबैले ईजत गरुन पैसा नकमाए पनि धेरै नाम कमाउनु भन्नु हुन्छ । आफ्नो सङ्गै भाईबहिनिहरुको अभिभावक बनेर आफ्नो खुट्टामा उभिन सक्ने मात्र बनाएनन उनले गित सङ्गितमा लाग्ने र यश क्षेत्रमा भविस्य देख्नेहरुको लागि पनि अभिभावक बने ।

जस्तो सुकै परिस्थितिलाई पनि वास्ता नगरी लामो समय यश क्षेत्रमा निरन्तर जीवन ब्यतित गरेका अटु करिब ८ वर्ष अगाडि कर्मभुमी कोरिया बनाएर सात समुन्द्र पारी पुगे । तन सात समुद्र पारी तर मन भने कहिल्यै त्यहा अडिन सकेन । अटुका मन सधै वारि नै गित सङ्गीत र नेपाली माटो मा नै रहिरह्यो । त्यही बाट नै नेपाल र नेपाली गित सङ्गितलाई माया गरिरहे सृजना गरि रहे कहिल्यै उनले आफ्नो माटो र आफ्नो क्षेत्रलाई माया मारेनन । झन उनको सृजनामा निखारता आउदै गयो । आफ्नो र लाखौ युवाहरुको भोगाई र नेपालीहरुको बिबसतालाई सृनजामा ब्यक्त गर्न थाले । अहिलेको जमानामा प्रबिधिको गलत प्रयोग र फाइदा लिदै आफ्नो भिडियो ट्रेन्डिङमा पार्न हरेक हत्कन्डा गर्छन । समाजमा अपाच्य र अस्लिल शब्द प्रयोग देखि आफ्नो सस्कृती माथी नै प्रहार गर्छन तर उनले यस्ता हर्कत कहिल्यै गरेनन यो नै एउटा सफल र कुशल सर्जकको वास्तविक पहिचान हो जुन कुरा अटुले साबित गरे । सङ्गीत र आफ्नो ब्यस्तजिवनको ५ वर्षको बसाईलाई केही समयको लागि थाती राख्दै करिब ३ वर्ष अगाडि फेरि जन्मभुमी फर्केर आफ्नो जिवनलाई सार्थक बनाउन बिबाह बन्धनमा बाधिनु त भयो तर फेरि बाध्यता उहीँ सातसमुद्र पारी पुग्नु पर्ने ।

बिबाह बन्धनमा बाधिएको केही समय मै आफ्नो अर्धाङ्गिनीलाई छाडेर जानू परेको बिबसता र काठमाडौ अन्तर्राष्ट्रिय बिमानस्थलको त्यो दृस्य अनि आफ्नो लागि परिवारले बगाएको त्यो बलिन्द्र आसुका धारा जुन कुराले उनलाई भारी मात्र भएन त्यहा पुगेर पनि कैयौ रात निदाउन दिएन । यस्तै नियती भोगेका लाखौ युवाहरुको अवस्था पनि उस्तै अनि उहाले त्यो प्रसब पिडालाई कापी र कलमको माध्यामबाट सृजना मार्फत मीठो गित बनाउनु भयो ‘चरी भए भुरुरु’ जुन गितले आज सबैको मन मात्र छुएन धेरैको रात अनिदो नै भयो । आफैले शब्द सङ्गीत गरेका यश गितलाई सबैले अत्यान्तै रुचाएको त थियो नै यो बेलाको लकडाउनको समयमा यो गितले झन सार्थकता पायो र यसलाई माया गर्नेहरु दिन दुई गुना र रात चौ गुना बढ्दैछ ।< बबिना किराँतीको पहिलो एल्बममा समाबेश यस गितमा स्वर पनि बबिनाकै रहेको छ । बबिना किराँती यश क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर उदाउदै गरेको एक बहुप्रतिभाशाली कलाकार हुन । विशेष गरि पप र रक गितलाई आफ्नै शैलिमा न्याय गर्न सक्ने उनको खुबिलाई सबै दर्शकहरुले रुचाएका छन । आफ्नो छुट्टै पहिचान स्थापित गरेका बबिनाले यश गित मार्फत आफ्नो चर्चालाई थप उचाईमा पु¥याउदै अर्को जादु नै गरिन । कहिल्यै पुर्बेली गितमा नसुनिएका बबिना यश गितमा भने आफ्नै शैलिमा मारुनी भाकामा पुर्बेली गितलाई न्याए मात्र गरिन अभिनयमा समेत आफुलाई अब्बल रहेको साबित गरिन । अहिले दर्शक श्रोताहरुले गायकी सङ्गै अभिनयमा पनि खोज्न थालेका छन । जस्तो गितलाई पनि आफ्नै शैलिमा गाएर श्रोताहरुको मन जित्न सक्ने बहु प्रतिभाशाली कलाकार बबिना किराँतीको ब्यस्तता अहिले ह्वात्तै बढेको छ । प्राय स्वदेश तथा बिदेश तिर स्टेज कार्यक्रमहरु र स्टुडियो तिर ब्यस्त हुने बबिनाले फेरि यश गितको सफलता पछि पुन चरी भए भुरुरु भाग २ छिट्टै बजारमा ल्याउदैछिन । चरी भए भुरुरुको सम्पुर्ण युनिटले नै भाग २ मा पनि काम गर्नेेछन भने डी आर अटु कै शब्द सङ्गीत रहनेछ । अहिले जारि लकडाउन खुल्ने बित्तिकै यश गितलाई श्रब्य दृस्य सहित बजारमा ल्याउने तयारी भैरहेको छ । यश गितलाई बजारमा ल्याउन तयारीमा रहेका सम्पुर्ण टिम र बबिना किराँतीलाई पहिलो चरी भए भुरुुुरु जस्तै आगामी भाग २ ले पनि सफलता मिलोस र उहाको साङ्गितिक यात्रालाई अझ शिखरमा पु¥याउन सफल रहोस लाखौ लाख साङ्गितिक शुभकामना सहित । https://www.youtube.com/watch?v=BXaGBvHA-aA

तपाईको प्रतिक्रिया