कथा: फेसबुक र प्रेम
प्रेमको सुरुवातदेखि नै उनी मलाई भन्थिन्, ‘तिमी धेरै रिसाहा छौ । सानो कुरामा धेरै रिसाउँछौ । यस्तो रिसको सुरमा कुनै दिन मलाई छोड्छौ कि झैं लाग्छ !’
म चाहिँ भन्ने गर्थेँ, ‘तिमी धेरै जिद्दी छौ । आफूले भनेको कुरा हुनैपर्छ भन्ने ठान्छौ । कुनै दिन तिमीले भनेको कुरा मैले पूरा गर्न सकिनँ भने तिमीले ब्रेकअप गर्छौ कि झैं लाग्छ ।’
हाम्रो धेरै डिस्कस हुने विषय यिनै थिए । तर, हामीबीच प्रेम भने औधि थियो ।...












