काठमाडौं, १३ चैत्र । नायिका करिश्मा मानन्धरले लकडाउनमा पनि आफूलाई निकै व्यस्त राखेकी छिन् । उनले कहिले फुलमा पानी हालेर त कहिले आफ्नो बगैचाको सरसफाई गरेर समय बिताइरहेकी छिन् । लकडाउनले चलचित्र क्षेत्रका काम बन्द भएपछि नायिका मानन्धरले आफुलाई फिट राख्न धेरै मेहेनत गर्छिन् । उनी बिहान छिटो उठेर योग, ध्यान सँगै आफ्नो फुलको बगैचामा रमाउने गर्छिन् । फुलको सौखीन मानन्धरले हातमा फुलको गमला लिएको फोटो र फुलमा पानी हाल्दै गरेको तस्बिरहरु फेसबुकमा राखेकी छिन् ।

तपाईको प्रतिक्रिया