सिड्नीमा छचल्किएको नेपालीको माया
सिड्नी- विगत केही समय अघिदेखि सिड्नी वरपर रहेका क्षेत्रमा लागेको डढेलोको धूवाँले असहज बनाएको सिड्नीको मौसमसमेत हिजोआज अलिक खुलेको थियो। प्रवासका विभिन्न परिस्थिति र कामको चाँजोपाँजोलाई मिलाउँदै १४ डिसेम्बर शनिबार साँझ म पनि नेपाली सांगीतिक समूह नेपथ्यको कन्सर्ट हेर्न सिड्नीको लुनापार्कतिर लागेको थिएँ।
साँझ साढे सात बजे कन्सर्टस्थलमा पुग्नासाथ नेपाली दर्शक श्रोताले खचाखच भरिएको लुना पार्क क्षेत्र...











