कोशी र गण्डकीका केही ठाउँमा ठूलो वर्षा, बाढीको जोखिम
काठमाण्डौ – कोशी र गण्डकी प्रदेशका केहि ठाउँमा ठूलो वर्षापछि बाढी जोखिम बढेको छ । धनकुटाका मुलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरानबजार, इलामको माईपोखरी, कास्कीको लुम्लेलगायतका क्षेत्रमा ठूलो वर्षा भएको हो ।
सुनसरीको सार्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । त्यस्तै कास्कीको लुम्ले क्षेत्रमा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । पर्वतक...













