नेपालको प्रतिनिधित्व गर्दै रिजु
उर्लाबारी, असार ३२ गते । मोरङको पथरीशनिश्चरेकी २२ वर्षीय रिजु भट्टराईले मिस ग्लोबल २०२५ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने हुनुभएको छ । प्रतियोगिता युरोपको अल्बानियामा आगामी सेप्टेम्बर २५ देखि अक्टोबर १५ सम्म सञ्चालन हुने छ । प्रतियोगितामा विश्वका ६० भन्दा बढी देशका प्रतियोगी सहभागी हुने छन् । गत फागुनमा भएको राष्ट्रिय प्रतियोगिताबाट छनोट हुँदै रिजु मिस ग्लोबल २०२५ क...














