गायिका कविता खत्रीको स्वरमा ’देउ न त्यो मन’सार्वजनिक

गायिका कविता खत्रीको स्वरमा ’देउ न त्यो मन’सार्वजनिक
काठमाण्डौं । गायिका कविता खत्री र खेम सेन्चुरीको स्वरमा रहेको गीत ’देउ न त्यो मन’ गीतको भिडियो सार्वजनिक भएको छ । विक्रम बावु विश्वकर्माको शब्द तथा नन्दु परियारको लय सिर्जना गीतमा रहको छ । अजय रेग्मीको छायाँकन , मिलन विश्वकर्माको सम्पादन तथा अशोक विक को कोरियोग्राफी तथा निर्देशनमा भिडियो तयार गरएको छ । गीतको भिडियोमा पुष्प खड्का र कुशल नृत्यंगना कविता नेपालीको नृत्य तथा अभिनय रहेको छ । ...

क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीका अध्यक्ष ग्रेगको प्रतिबद्धता

क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीका अध्यक्ष ग्रेगको प्रतिबद्धता
काठमाण्डौ - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बारक्लेले नेपाल एसोसिएट राष्ट्रमा फेरि एक नम्बर बन्ने सम्भावना रहेको बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङसँग हिजो भेटवार्ता गर्दै आइसीसी अध्यक्ष बारक्लेले सीमित स्रोत र साधानका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको उल्लेख उर्नुभयो । उहाँले नेपाली क्रिकेटको विकास र विस्तार...

राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिबिनै एन्फा टोली बहराइन गयो

राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिबिनै एन्फा टोली बहराइन गयो
काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृतिबिनै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यसमितिका दुई सदस्यसहित ८ जना बहराइन गएका छन् । फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ छनोटअन्तर्गत घरेलु टोली बहराइनसँग भोलि चैत ८ र १३ गते हुन लागेको खेल हेर्न उनीहरू हिजो त्यसतर्फ गएका हुन् । बहराइन जानेमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट रहेका छन् । विष्ट खुमलटारका अध्यक्षसमेत हुन् ।...

आजको राशिफल : वि.सं. २०८० चैत्र ०७ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० चैत्र ०७ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आजको काममा खर्च लाग...

खुल्ला प्रतिस्पर्धाबाट प्रअ नियुक्तको व्यवस्था मिलाउन मेयर कोइरालाको सुझाव

खुल्ला प्रतिस्पर्धाबाट प्रअ नियुक्तको व्यवस्था मिलाउन मेयर कोइरालाको सुझाव
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धिका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने व्यवस्था मिलाउन सुझाव दिनुभएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले आयोजना गरेको महानगरपालिकाका प्रमुखहरूसितको जुम मिटिङमा मेयर कोइरालाले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न शिक्षक सेवा आयोगलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो । उह...

विराट गोल्डकप सफल बनाउन मेयर कोइरालाको आग्रह 

विराट गोल्डकप सफल बनाउन मेयर कोइरालाको आग्रह 
विराटनगर - विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट गोल्डकप सफल बनाउन सबैलाई आग्रह गर्नुभएको छ । विराट गोल्डकप ट्रष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर कोइरालाले विराट गोल्डकप विराटनगरको शान भएकाले सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गोल्डकप सफल बनाउन पत्रकारहरुको विशेष भूमिका हुने भएकाले प्रचारप्रसार गरेर सहयोग गर्न आग्रहसमेत गर्नुभयो । महेन्द्र गोल्डकप हुँदै विराट गोल्...

 आरबीका लागी नेपाल आउँदै ज्याकलिन फर्नान्डेज

 आरबीका लागी नेपाल आउँदै ज्याकलिन फर्नान्डेज
काठ्माडौँ। हीरा र गहनाको क्षेत्रमा नेपालकै अग्रपंतिमा रहेको आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७औं वार्षिकोत्सवमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई ल्याउने भएको छ। हिजो दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भव्य कार्यक्रमको आयोजना गरी आरबी डायमण्डले ज्याकलिन फर्नान्डेजलाई ल्याउने खवर सार्वजनिक गरेको हो। आरबीले ३० मार्चमा आफ्नो २७औं वार्षिकोत्सवको उपलक्ष्यमा भव्य ज्वेलरी रनवे गर्दैछ। जहाँ आरबी ...

एनआरएनएले “लगानी शिखर सम्मेलन २०२४” मा नेपाल सरकारसँग सहकार्य गर्ने

एनआरएनएले “लगानी शिखर सम्मेलन २०२४” मा नेपाल सरकारसँग सहकार्य गर्ने
गैरआवासीय नेपाली संघ एनआरएनएले "लगानी शिखर सम्मेलन २०२४" मा नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ । संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच सोमबार (चैत ५ २०८०) भएको छलफल कार्यक्रममा लगानी सम्मेलनमा सहकार्य गर्ने निर्णय गरिएको हो । छलफलमा गैरआवासीय नेपालीहरुको लगानी नेपालमा भित्र्याउने, लगानी शिखर सम्मेलन २०२४ मा गैरआवासीय नेपाली...

ढुङ्गाले किचेर १ जनाको मृत्यु

ढुङ्गाले किचेर १ जनाको मृत्यु
सोलुखुम्बु, फाल्गुन ०६ गते । सोलुखुम्बुको सोताङ गाउँपालिका-३ नागेन चौर घोपु स्थित हुङ्गा खोलामा ढुङ्गाले किचेर १ जनाको मृत्यु भएको छ । आज बिहान साढे १० बजे घोपुबाट कुङ्लितर्फ जाने झोलुङ्गे पुल निर्माण गर्न जिप खन्ने क्रममा माथीबाट खसेको ढुङ्गाले किच्दा स्थानिय ४५ बर्षिय तुला बहादुर राईको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय सोताङबाट थप अनुसन्धान भईरहेको छ ।

बसले किचेर सहचालकको मृत्यु

बसले किचेर सहचालकको मृत्यु
संखुवासभा, फाल्गुन ०६ गते । संखुवासभाको चैनपुर नगरपालिका-६ जिरो पईन्ट स्थित चैनपुर नुनढाकी भित्री सडक खण्डमा बसले किचेर सहचालक धनकुटा नगरपालिका-६ पात्लेखोला का ३० बर्षिय मनोज खड्का को मृत्यु भएको छ । आज बिहान साढे ७ बजे नुनढाकीबाट ईटहरीतर्फ जादै गर्दा को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडीको टायरले किचेर सहचालक खड्का गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा ...