पोखरिया माविद्वारा ७ लाख ६४ हजार बराबरको छात्रवृत्ति वितरण
विराटनगर ÷ मोरङको पोखरिया माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१÷८२ का लागि ७ लाख ६४ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ ।
विद्यालयले एक विशेष समारोहमार्फत छात्रवृत्ति वितरण गर्नुका साथै निवृत्त शिक्षकलाई सम्मानसमेत गरेको छ । विद्यालयले आयोजना गरेको कार्यक्रममा निवृत्त शिक्षकहरू सुशीला खनाल, लक्ष्मणबाबु दाहाल, तारावीर श्रेष्ठ र राधिका शर्मालाई सम्मान गरिएको हो । उनीहरूलाई प्रशंसा–पत्र,...














