काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ओएनएम (कर्मचारीहरूको सङ्गठन तथा व्यवस्थापन) प्रस्तावविरुद्ध देशभरका रेडियोग्राफरहरु कार्यस्थलमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् ।

सरकारी, अर्धसरकारी र गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत रेडियोग्राफी कर्मचारीहरु आज पनि आफ्नो कार्यस्थलमा कालोपट्टी बाँधेर काममा उपस्थित भएका छन् ।

रेडियोग्राफी समूहसँग कुनै परामर्शविना गरिएको प्रस्तावले आफूहरूको पेशाको अपमान र उपेक्षा गरेको उनीहरुको गुनासो छ ।

सरकारी रेडियोग्राफी सङ्घका अध्यक्ष दामोदर रोक्काले आफूहरू नीतिगत संरचनाको विरोधी नभई समावेशी, यथार्थपरक र पेशाको गरिमा अनुकूल हुनुपर्ने पक्षमा रहेको बताउनुभयो ।

रेडियोग्राफी सेवाको स्पष्ट सेवा संरचना र दायित्व, पेशागत योग्यता अनुसार पद सिर्जना र बढुवा सुनिश्चितता, सेवा सुरक्षा, स्वायत्तता, र पेशागत पहिचानको संरक्षण हुनुपर्ने सङ्घको माग छ ।

तपाईको प्रतिक्रिया