‘मिष्टर ग्लोवल’मा भाग लिन नूतन उडे थाइल्याण्ड
काठमाडौँ । ‘मिष्टर नेपाल वल्र्ड’ विजेता नूतन श्रेष्ठ थाइल्याण्ड उडेका छन् । थाइल्याण्डमा आयोजना हुने ‘मिष्टर ग्लोवल’ मा नेपालको प्रतिनिधित्व गर्न उनी बुधबार साँझ थाइल्याण्ड उडेका हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बिदाई गर्न आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला लगायत पुगेका थिए ।
‘मिष्टर ग्लोवल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्य सहित प्रतियोगीतामा आफु सहभागी हुन लागेक...













