प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका मन्त्री
विराटनगर, ३० भदौ
प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
दुई मन्त्री र तीन राज्यमन्त्री थपिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापालाई नियुक्त गरिएको छ ।
यसैगरी, उद्योग राज्यमन्त्रीमा उत्तम बस्नेत, भ...














