नयाँ पुस्तामा बढ्दाे देखासिकी, दोषी को ?
जेठ महिनाको त्यो चर्को घाम । सहिनसक्नु गर्मी । अनि त्यो गर्मी आजभन्दा भोलि झन्, भोलिभन्दा पर्सि झन् गर्दै बढ्ने क्रममा थियो । तर, यो मौसमी गर्मीभन्दा पनि बढी गर्मीचाहिँ मेरो घरभन्दा दुई घर पर सरिता आन्टीको घरमा थियो– एक वयष्क छोरी अनि भर्खर कक्षा ७ मा पढ्दै गरेको छोरा र उनीहरूकी आमाबीचको द्वन्द्वको ।
ती छोराछोरीका बाबु सरकारी जागिरे । नेपालीको कमाइअनुसार आम्दानी त ठीकै थियोे । घर–व्यवहार पनि...












