पानी पकाऊ, बैगुनी फकाऊ मायाँलु
एउटा हँसाउने सिरियलको एक एपिसोडमा डोको बोकेकी गृहिणीले यो गीत गुन्गुनाएको सुनिन्छ – ‘ठूलै घरमा दिए भन्ने बइन छ, पानी खाने लोटा नि रइन्छ ।’
मेरा बाबै, यत्रो ठूलो पार्टी ! सिंगो एसियामा चिनियाँ कम्युनिष्ट पार्टीपछिको ठूलो कम्युनिष्ट पार्टी । तीन लाखभन्दा धेरै संगठित सदस्य । सत्र सत्र वर्ष, चौध चौध वर्ष जेल बसेका, अनेकौं पटक जेल परेका, कठोर यातना खाएका नेताहरूको धनी । माक्र्सवादको सृजनात्मक प्रय...














