एक साँझ, त्यो पल ! तिमीले मेरो मन जित्यौ !
तिम्रो सुन्दरता, तिम्रो बिर्सनै नसकिने मुस्कान, तिमीलाई एक नजर देखे मनै शीतल हुने, चञ्चल हुने, तिम्रो आँखाको गहिरो सागरमा डुबूँ–डुबूँ लाग्ने, तिम्रो केशको मीठो सुगन्ध, केशमा सिउरिएको रुमालजस्तो चिम्टी, तिम्रो पहिरन अनि त्यसको रंग, तिम्रो बोली, बोलीका एक–एक शब्दहरू अझै मनमा ताजै छन् ।
साँझ कलिलै थियो । म हतारमा थिएँ, उसको निम्तो जो स्वीकार गर्नु थियो । म गएँ, जाउलाखेल बेकरीअघि, पर्खाइमा स्वागत ग...