दशैंमा आस्था राउतको सांगीतिक उपहार– ‘यानी माया’
गायिका आस्था राउतले आफ्नो चिरपरिचित अन्दाजमा नयाँ गीत ‘यानी माया’ लिएर दर्शक–स्रोतामाँझ ल्याएकी छन् । म्युजिक नेपालको अफिसियल यूट्यूव च्यानलबाट घटस्थापनाको दिन पारी यो गीत शनिबार सार्वजनिक गरिएको हो ।
गीतका शब्दहरु सुरेश अधिकारीका हुन् भने संगीत पनि उनैले दिएका छन् । गीतमा महाराज थापाको एरेन्जमेन्ट रहेको छ । यो गीतलाई आस्थाको एल्बम ‘आधार २’ मा समावेश गरिएको छ । लोक र पपको फ्युजनजस्तो सुनिए पनि ...














