डेढ अर्ब ऋण लिएर बनाएको चोभार सुक्खा बन्दरगाह मासिक ४ लाख ८० हजार रुपैयाँमै भाडामा
काठमाण्डाै – डेढ अर्ब रुपैयाँभन्दा धेरै लागतमा बनेको काठमाण्डौको चोभार सुक्खा बन्दरगाह सरकारले निकै कम रकममा निजी कम्पनीलाई भाडामा दिएको छ । बन्दरगाहको व्यवस्थापन गरिरहेको इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धाबाट नेपाल फ्रेट सर्भिस जेभीलाई जम्मा दुई करोड ८८ लाख रुपैयाँमा पाँच वर्षका लागि भाडामा दिएको हो ।
विकास समितिले आह्वान गरेको ग्लोबल टेन्डरबाट बन्दरगाह सञ्चालनका लागि दुई वटा कम...