काठमाडौं– ४ देश सम्मेलित महिला टी–२० क्रिकेट सिरिजअन्तर्गत नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ।
हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको हो।

नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन्। ३२ बल सामना गरेकी उनले ५ चौका प्रहार गरिन्। यस्तै, कप्तान इन्दु बर्माले २७ रन बनाइन्। ३१ बलको सामना गरेकी उनले २ चौका प्रहार गरिन्।

नेपालका लागि काजल श्रेष्ठले १५ तथा पूजा महतोले १३ रनको योगदान दिए। सीता रानामगरले ९ रन बनाइन् भने अस्मिना कर्माचार्य १ रनमा नटआउट रहिन्।

नेपालविरुद्ध जापानकी एलेना कुसुदा-नायर्नले २ विकेट लिइन्। यस्तै, मेग ओगावा र अयुमी फुजिकावाले समान १–१ विकेट लिए।

लगातार २ खेलमा पराजित भएपछि नेपाल जारी सिरिजको उपाधि होडबाट भने बाहिरि सकेको छ। नेपालले जापानसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेको हो।

नेपाल यसअघि पहिलो खेलमा तान्जानिया र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो। सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।

तपाईको प्रतिक्रिया