जिते आरोही, हारे मृत्यु !

जिते आरोही, हारे मृत्यु !
पोखरा । ‘हिमाल चढ्दा कुन पाइला र कुन श्वास अन्तिम हो, थाहा हुँदैन । हिमाल चढ्दै गर्दा फर्किन्न कि जस्तो लाग्छ, तर लक्ष्य महत्वपूर्ण रहेछ । लक्ष्य लिइसकेपछि मृत्युको चिन्ता नहुँदो रहेछ।’ १६ असोज २०७८ मा धौलागिरि हिमाल आरोहण गरेकी पूर्णिमा श्रेष्ठका भनाइ हुन्, यी । आरुघाट, गोरखाकी उनी धौलागिरि आरोहण गर्ने पहिलो महिला हुन् । उनी दोस्रो प्रयासमा धौलागिरि शीखर पुगेकी हुन् । गत वसन्तमा धौलाग...

रामपुरमा खुल्यो फनपार्कः आन्तरिक पर्यटकको घुइँचो

रामपुरमा खुल्यो फनपार्कः आन्तरिक पर्यटकको घुइँचो
रामपुर (पाल्पा), ३१ असोज (रासस) ः रामपुरमै पहिलो पटक खुलेको ‘चिल्डे«न फनपार्क’मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी हालैमात्र रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ । विशेषगरी यहाँ साँझपख आन्तरिक पर्यटकको भीड लाग्ने गरिन्छ । दिनभरको कार्यालयको थकान मेट्ने र बालबालिका भुलाउने माध्यम बनेको छ, फनपार्क । विद्यालय बिदाको स...

च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !

च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !
बागलुङ, असोज २४ गते । हो, दशैंमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन । यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ । बजारमा रोज्जा च्याङ्ग्रालाई रु ४० हजार पर्छ । पसलबाट मासु किनेर खाँदा प्रतिकिलो रु दुई हजार । अब आफैँ भन्नुस्, आम मान्छेले कसरी खान सक्छन्, च्याङ्ग्राको मासु । यो त केबल हुनेखानेको भान्सामा मात्र पो पाक्ने भयो । के गरिब र श्रमजीवीले दशैंमा मिठोमसिनो...

दशैँ खर्च जुटाउन किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ

दशैँ खर्च जुटाउन किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ
प्रकाश पाक्साँवा/ तेह्रथुम १ असोज पूर्वी पहाडी जिल्लाका किसानहरूलाई कालो सुनले परिचित अलैँची भित्र्याउने चटारो सुरु भएको छ । नजिकिँदै गरेको दशैँजस्ता ठूला पर्वहरूका लागि खर्च जुटाउन समयमै अलैँची बिक्री गर्ने गरेका छन् । अर्थतन्त्रको मुख्य मेरूदण्डको रूपमा रहेको अलैँची भित्र्याउन अहिले तेह्रथुमका किसानलाई भ्याइनभ्याइ छ । केही वर्षअघि एक लाख पाँच हजार रुपैयाँसम्म प्रतिमन पुगेको अलैँचीको ...

सेयर बजार १८ दशमलव ५४ अंकले ओरालो

सेयर बजार १८ दशमलव ५४ अंकले ओरालो
काठमाडौं, २९ भदौ साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से १८ दशमलव ५४ अंकले ओरालो लागेर दुई हजार ९२९ दशमलव २८ विन्दुमा पुगेको हो । मंगलबार दुई सय २२ कम्पनीको एक करोड ६३ लाख कित्ता सेयर करोबार भएको छ । पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ । आज सबै समूहका उपसूचांक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जिवन बिमा समूहको सूचक ओरालो लागेको छ...

ज्योति लाइफले बिमितको परिवारलाई दियो १० लाख

ज्योति लाइफले बिमितको परिवारलाई दियो १० लाख
तेह्रथुम, २८ भदौ ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तेह्रथुममा आफ्ना बिमितको निधनपछि परिवारलाई बिमावापतको दाबी भुक्तानी दिएको छ । सवारी दुर्घटनाका कारण ज्यान गुमाएका म्याङलुङ नगरपालिका-२ का यमबहादुर लिम्बूको छोरालाई कम्पनीले मृत्यु दाबी भुक्तानी रकम सोमबार हस्तान्तरण गरेको हो । कम्पनीको तेह्रथुम उपशाखाले एक औपचारिक कार्याक्रमको आयोजना गरी मृतकका छोरा सेन्छेहाङ लिम्बूलाई १० लाख रुपैयाँको चेक ...

सात प्रतिशतको आर्थिक वृद्धि सम्भव छ : अर्थमन्त्री

सात प्रतिशतको आर्थिक वृद्धि सम्भव छ : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको असर क्रमशः कम हुँदै गएकाले आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षासहित चालु आवमा सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखिएको बताउनुभएको छ । अध्यादेशबाट आएको चालु आवको बजेटको प्रतिस्थापन गर्न प्रतिनिधिसभामा विधेयक पेश भएपछि आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सहजै प्राप्त हुन सक्छ । त्यसका लागि क्रमशः वातावरण...

प्रभु बैंकको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन भोलि

प्रभु बैंकको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन भोलि
काठमाडौं, २७ भदौ प्रभु बैंकको सेयर लिलामी भर्ने २८ भदौ भाेलि (सोमबार) अन्तिम दिन रहेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको संस्थापक सेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । प्रभुले १५ भदौबाट २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरिरहेको छ । यसमा संस्थापक सेयरको प्रतिकित्ता भाउ २१० रुपैयाँ तोकिएको छ ।...

नेप्सेमा तीव्र गिरावट, ५० अंकले घटेको बजारमा सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ता मालामाल

नेप्सेमा तीव्र गिरावट, ५० अंकले घटेको बजारमा सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ता मालामाल
सेयर बजार परिसूचक नेप्सेमा बिहीबार ५० अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार आज सेयर बजार परिसूचक अधिकतम ५० दशमलव १३ अंकले घटेर २९ सय २६ दशमलव ८९ बिन्दुमा झरेको हो । त्यसो साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८ दशमलव ९० अंकले घटेर ५४१ दशमलब ७७ विन्दुमा झरेको छ । आज बजार खुलेदेखि नै तीब्र गिरावटमा रहेक...

भदौ १६ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भदौ १६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । परिवारमा असमझदारी बढ्न सक्छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइ लेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइन स...