काठमाडौं। एसियाका सबैभन्दा धनी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको विवाह ४ महिनापछि हुँदै छ।
उनको एनकोर हेल्थ केयरका सिइओ विरेन मर्चेन्टकी छोरी राधिका मर्चेन्टसगँ विहे हुन लागेको हो। राधिका एनकोर हेल्थ केयरकी निर्देशक पनि हुन्।

अनन्त र राधिकाको ३० डिसेम्बर २०२२ मा इगेजमेन्ट भएको थियो भने आगामी १२ जुलाइमा विवाह हुँदै छ। विवाह जुलाइमा हुने भए पनि परिवार हाल प्रिवेडिङ सेरेमोनीमा व्यस्त छ। अम्बानी परिवारले आयोजना गरेको विवाहपूर्वको कार्यक्रमले अहिले संसारमा चर्चा पाएको छ। १ देखि ३ मार्चसम्म आयोजना गरिएको कार्यक्रममा आएका पाहुना र कार्यक्रममा भइरहेको खर्चका कारण पनि यसको चर्चा चुलिएको हो।

उक्त कार्यक्रममा भारतीय कलाकार तथा सेलिब्रेटीहरु सलमान खान, शाहरुख खान, अमिताभ बच्चन, रणवीर कपुर, दिपिका पादुकोण, रणवीर सिंह, सचिन तेन्दुल्कर, महेन्द्र सिंह धोनी, सद्गुरुलगायतको उपस्थिति थियो। त्यस्तै, बिल गेट्स, मार्क जुकरवर्ग, इवांका ट्रम्पलगायत पनि कार्यक्रममा उपस्थित थिए। अनन्त र राधिकाको प्रि वेडिङ सेरेमोनिका लागि मुकेशले आफ्नो पुख्यौली थलो गुजरातको जामनगर रोजेका हुन्। जामनगरमाउनिहरुको आयल रिफाइनरी फ्याक्ट्री र जनावर उद्धार केन्द्र पनि छ।

भारतीय संचार माध्यमका अनुसार मुकेशले आफ्नो कान्छो रोरोको बिवाहमा दिल खोलेर खर्च गरिरहेका छन्। उनीहरुले प्रस्तुतीका लागि विश्व विख्यात गायीमा रिहनालाई बोलाएका थिए। मिडिया रिपोर्टसका अनुसार रिहनाले ५२ करोड भारु पारिश्रमिक लिएकी छन्। त्यसैगरी, यस कार्यक्रमको कुल खर्च १ हजार करोड भारु हुने बताइएको छ। उक्त कार्यक्रममा स्थानिय खाना सगैँ विभिन्न २५०० प्रकारका परिकारको व्यवस्था गरिएको थियो। यी परिकार बनाउन ६५ जना सेफको व्यवस्था गरिएको छ।

कार्यक्रमको पहिलो दिन पाहुनाहरुका लागि विभिन्न मनोरञ्जनका कार्यक्रम सहित ककटेल डिनर पार्टी राखिएको थियो। त्यस्तै दोसो दिन पाहुनाका लागि तीन हजार बिघा जमिनमा फैलिएको जनावर उद्धार स्थल ‘वनतारा’ चिडियाखाना सफारी तथा गुजरातको स्थानिय पहिरन तथा परिकारको व्यवस्था गरिएको थियो। त्यसैगरी तेस्रो दिन टस्कर ट्रेल र हस्ताक्षर गरि दुईवटा कार्यक्रमको आयोजना छ। मुकेशले यसअघि छोरीको विवाहमा पनि अथाहा पैसा खर्च गरेका थिए। छोरी इशा अम्बानीको बिवाहमा करिव४ सय करोड खर्च भएको बताइएको छ।

कार्यक्रममा अनन्तको सम्बोधनले बुबा मुकेश भावुक बनेका थिए। अनन्तले आफ्नो स्वास्थ सामान्य नभएको र आत्मबल बढाउन बुवा आमालगायत पुरा परिवारले निकै साथ दिएको बताएका थिए। अनन्त अम्बानीको विवाहलाई संसारकै सबैभन्दा महंगो बिवाहको रुपमा लिइएको छ।

तपाईको प्रतिक्रिया