साविक विजेता फ्रान्स क्वाटरफाइनलमा

साविक विजेता फ्रान्स क्वाटरफाइनलमा
काठमाडौं, १९ मंसिर पोल्यान्डलाई ३–१ ले हराउँदै साबिकको विजेता फ्रान्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  आइतबार स्ट्राइकर ओलिभर जिरौउडले सर्वकालिन गोलकर्ताको कीर्तिमान बनाउन सफल भए । उनले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान भंग गरेका थिए ।  दोहास्थित अल थुमामा मैदानमा जिरौउडले एक गोल गर्दा युवा स्ट्राइकर केलियन एम्बाप्पेले दुईगोल गरेका थिए । जारी विश्वकपमा उनि स...

मोरक्कोसँग बेल्जियम २–० ले पराजित

मोरक्कोसँग बेल्जियम २–० ले पराजित
दोहा, ११ मंसिर विश्व वरियताको दोस्रो स्थानको बेल्जियम कतारमा जारी विश्वकपमा मोरोक्कोसँग २–० गोलले पराजित भएको छ । अल थुमामा रंगशालामा सम्पन्न खेलमा आफूभन्दा २० बरियता तलको मोरक्कोसँग बेल्जियम पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३औं मिनेटमा अब्देलहामिद साबिरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । रोमाञ्चक खेलमा बेल्जियमले पाएको अवसर सदुपयोग गर्न नसक्दा हारबाट जो...

विश्व कप फुटबलमा आज चार वटा खेल : इङ्ग्ल्यान्ड र अमेरिका खेल्दै

विश्व कप फुटबलमा आज चार वटा खेल : इङ्ग्ल्यान्ड र अमेरिका खेल्दै
काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज चार वटा खेलहरु हुँदैछन् । आज समूह चरण अन्तर्गत समह ‘ए’ र समूह ‘बी’ का दुई/दुई खेलहरु हुनेछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे समूह ‘बी’ को इरान र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । वेल्सले पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने इरान इङ्ग्ल्यान्डसँग ६–२ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । आज हुने दोस्रो खेलमा समूह ‘ए’ को कता...

पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान

पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान
काठमाडौं, ९ मंसिर  पोर्चुगलले बिहीबार अफ्रिकी टोली घानामाथि ३–२ को जित दर्ता गराउँदै कतार विश्वकप २०२२ को सुखद सुरुआत गरेको छ । यसखेलसँगै क्रिस्टियानो रोनाल्डोले विश्वकपका पाँच फरक संस्करणमा गोल गर्ने कीर्तिमान बनाएका छन् ।  रोनाल्डोले सन् २००६ जर्मन विश्वकपदेखि लगातार गोल गरेका छन् । घानाविरुद्ध रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए । घानासँगको गोलसँगै विश्वकपमा उनको गोलसंख्या आठ पुगेको छ । रोन...

विश्वकपमा क्रोएसिया र मोरोक्कोबीच गोलरहित बराबरी

विश्वकपमा क्रोएसिया र मोरोक्कोबीच गोलरहित बराबरी
काठमाडौं, ७ मंसिर सन् २०१८ मा रसियामा सम्पन्न भएको फिफा विश्वकपको उपविजेता क्रोएसियाले कतारमा जारी २२औं संस्करणको सुरुवाति खेल मोरोक्कोसँग बराबरी खेलेको छ । खेलमा क्रोएसियाले विपक्षीको पोस्टमा ५ पटक प्रयास गरे पनि उसका कुनै प्रयास सफल भएनन् । यता मोरोक्कोले क्रोएसियाको पोस्टमा ८ प्रहार गर्दा दुई प्रहार पोस्टको दिशामा रहे पनि गोलमा परिणत हुन सकेनन् । खेल अवधिभर ६५ प्रतिशत समय बलमा नियन्त...

साउदीसँग अर्जेन्टिना पराजित

साउदीसँग अर्जेन्टिना पराजित
काठमाडौं, ६ मंसिर कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले साउदीसँग हार व्यहोरेको छ । मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोलअन्तरले पराजित हुँदै अर्जेन्टिनाले हार व्यहोरेको हो । लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १०औं मिनेटमा पे...

विश्वकप हेर्न अतिरिक्त ५०० शुल्क लिने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

विश्वकप हेर्न अतिरिक्त ५०० शुल्क लिने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश
काठमाडौं, २२ कात्तिक कतारमा हुने विश्वकप फुटबल हेर्न अतिरिक्त ५०० रुपैयाँ लिने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । विश्वकप फुटबल हेर्नका लागि नेपाली प्रतिग्राहकबाट अतिरिक्त ५०० रूपैयाँ असूल्ने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । अधिवक्ता किशोर पौ...

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी र गण्डकी विजयी

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी र गण्डकी विजयी
काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा आज बुधवार भएकाे खेलमा गण्डकी र लुम्बिनी प्रदेश विजयी भएका छन् । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई आठ विकेटले हरायो । बाग्मतीले दिएको एक सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा दुई विकेट गुमाएर भेटायो । उसका लागि देव खनालले नटआउट ७७ रन बनाए । यसअघि पहिले ब्याटिङ गरको बाग्मतीका लागि ज्ञानेन्द्र...

टी-२० विश्वकपः श्रीलंकाको दोस्रो जित, अफगानिस्तान बाहिरियो

टी-२० विश्वकपः श्रीलंकाको दोस्रो जित, अफगानिस्तान बाहिरियो
१५ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकपमा श्रीलंकाले मंगलबार अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै सुपर १२ को समूह बी मा दोस्रो जित निकालेको छ । जितपछि चार खेलबाट ४ अंक जोडेर श्रीलंकाले तेस्रो स्थानमा उक्लेको छ । श्रीलंकाले अब सुपर १२ मा इंग्ल्याण्डसँग खेल्न बाँकी छ । लगातार चार खेलमा पराजित भएको अफगानिस्तान भने बाहिरिएको छ । ब्रिसबनमा भएको खेलमा अफगानिस्तानले दिएको १४५ रनको लक्ष्य...

प्रिमियर लिग : नटिङ्घम फरेस्टलाई ५–० ले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियो

प्रिमियर लिग : नटिङ्घम फरेस्टलाई ५–० ले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियो
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले नटिङ्घम फरेस्टलाई ५–० गोल अन्तरले हराएको छ । गए राति भएको खेलमा आर्सनलले नटिङ्घम फरेस्टलाई फराकिलो अन्तरले हराउँदै अङ्क तालिकाको पहिलो स्थानमा उक्लिएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग दुई अङ्कको अङ्क दूरी बढाउँदै आर्सनल फेरि शीर्ष स्थानमा उक्लिएको हो । शीर्ष स्थानमा रहेको आर्सनलको ३१ अङ्क भएको छ । म्यानचेस्टर सिटीको २९ अङ्क छ । आर्सन...