बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु,वाह कोमल ओली तिमी कति राम्री छौ भन्छु’
राष्ट्रियसभा सदस्य तथा गायिका कोमल ओलीले आफ्नो सुन्दरताको तारिफ आफैंले गरेकी छन् । जमलस्थित सिल्क फेसनले शनिबार आयोजना गरेको सातौं वार्षिकोत्सवमा अतिथिको रुपमा पुगेकी ओलीले आफ्नो सुन्दरताको तारिफ आफैंले गरेकी हुन् ।
कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा ओलीले आफु सिल्क फेसनसँग पहिले देखिनै जोडिएको बताइन् । ‘म शुरुदेखि नै यो फेसन हाउससँग जोडिएकी छु । यहाँका कस्ट्युम फिट र राम्रा छन्’, कोमलले भनि...













