यतिबेला
यतिबेला
पशुपतिको बुढो साढेझैँ
उत्तानो टाङ पल्टाएर
झोल्लिएको अण्डकोस असरल्लै छोडेर भुइँमा
मस्तराम घुरिरहेको छ -
सिहदरबारको सुइखुट्टे स्याल ।
यतिबेला
पशुपतिको रोगी बादरझैँ
खुइलिन बाकी आफ्नै शरीरका केही रौ
देखाएर दुनियाँलाई
मजासङ्ग
कन्याउदै आफ्नो लुते गुप्ताङ्ग
घाम तापिरहेको छ -
बालुवाटारको बोक्सी बिरालो ।
यतिबेला
षड्यन्त्रपुर्वक मारि...














