हरिदेवी कोइराला गण्डकी नारी सम्मान २०७७ बाट सम्मानित
पोखरा । विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले लोकगायिका प्राज्ञ हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान–२०७७ बाट सम्मान गरेको छ।
बन्दाबन्दीमा भर्चुअल प्रविधिको प्रयोग गरेर रु २५ हजारसहित सम्मान गरिएको क्लबका अध्यक्ष हीरा भट्टराईले जानकारी दिए।
“अहिलेको अवस्थामा जमघट गरेर कार्यक्रम गर्न सम्भव भएन, त्यसैले क्लबका सदस्य र लिडरहरुको भर्चुअल उपस्थितिमा सम्मान गरेका हौँ ।” उनले क्लब...














