पलको हातमा डेढ दर्जन भिडियो, पारिश्रमिकमा २५ प्रतिशत छुट
लक डाउन खुकुलो भएपनि नेपाली चलचित्रको काम सुरु हुन सकेको छैन । तर, म्यूजिक भिडियोको छायांकन भने सुरु भैसकेका छन् । केही म्यूजिक भिडियो छायांकन भएर पनि बजारमा आइसकेका छन् ।
म्यूजिक भिडियो छायांकन सुरु भएसँगै नायक पल शाहको व्यस्तता पनि ह्वात्तै बढेको छ । नायक पल शाहले लक डाउन खुकुलो भएपछि २ वटा म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।
तर, उनलाई म्यूजिक भिडियोको अफर भने प्रशस्त मात्रामा आइरहेक...











