वर्ष २०७६ का उत्कृष्ट कलाकार
काठमाडौँ — गत वर्ष भन्दा यो वर्ष कमै फिल्म प्रदर्शनमा आए । गत वर्षको आधा मात्रै ५८ फिल्म वर्ष २०७६ मा प्रदर्शनमा आए । अभिनयका हिसाबले पनि यो वर्ष खासै डेब्यू कलाकारहरुले आश देखाएनन् ।
हुन त यो वर्ष पनि थुप्रै नव-कलाकारले फिल्म उद्योगमा प्रवेश गरे । तर, उनीहरुको अभिनयले न उनीहरु नोटिस भए न फिल्म नै । उही पूरानै कलाकारकै अभिनयले साख जोगायो । वर्ष उत्कृष्ट कलाकारको सूचीमा पूरानै नाम दोहोरिने...














