हेर्नुहोस २०७७ सालको राशिफल, यी राशिलाइ फलदायी छ ।
ज्योतिष शास्त्रमा फल बताउने हजारौं माध्यमहरू छन् । तीमध्ये व्यक्तिको न्वारनको नाम अर्थात् जन्मराशिका आधारमा बताइने फल निकै महत्वपूर्ण मानिन्छ । राशिको निर्धारण पनि पाश्चात्य मतअनुसार एक महिनासम्म एउटै राशि मान्ने चलन छ भने हिन्दु ज्योतिषले चन्द्रमाको आधारमा लगभग अढाइ दिनको एक राशि मानेको छ ।
राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन् । सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्त...














