पढाकू बन्दा गाली खाइन्
पछिल्लो समय एउटा किताब अमेरिकामा खुब चल्तीमा छ। किताबको नाम हो, ‘अमेरिकन डर्ट’। जेनी कमिनले लेखेको यो उपन्यास निस्कनेबित्तिकै बेस्ट सेलरमा परिहाल्यो। कतिसम्म भने चर्चित टेलिभिजन प्रस्तोता ओप्रा विन्फ्रे र चर्चित लेखक स्टिफन किङ अनि एन प्याचेटले पनि किताबको प्रशंसा गरेका थिए।
मेक्सिकोकी एक युवती र उनको आठ वर्षे छोरा मिहिनेतपूर्वक त्यहाँबाट भागेर कसरी अमेरिका छिर्न सफल हुन्छन् भन्नेबारे लेखिएको य...














