सारै दुखत खबर : विश्व कीर्तिमानी होचा व्यक्ति खगेन्द्र थापा मगरले संसार छाडे !
विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि थापालाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा भर्ना भएका थापा मगरको शुक्रबार दिउँसो ३ बजे निधन भएको हो ।
थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् ।५७ सेन्टिमिटर अर्थात् २२ दशमल...











