‘जुत्ता सिलाएरै श्रीमतीलाई नर्स पढाउँछु’
ललितपुरको सातदोबाटो-हात्तीवन सडक किनार उनी पाँच महिनादेखि पुराना जुत्ता-चप्पल र झोला सिलाइरहेका छन्। उध्रिएको सिलाएर आफ्नो जीवन उनिरहेका यी व्यक्ति हुन् सर्लाही, मलंगहवाका भरत राम।
भरतको विशेषता के भने, यही सडकमा उनी ३५ वर्षदेखिको पुस्तैनी व्यापार धानिरहेका छन्। अर्थात्, भरतका बाबु ठागा राम सातदोबाटो क्षेत्रमा जुत्ता सिलाएर बसेको ३५ वर्ष भयो।
भरतलाई यहाँ सडक किनार पसल चलाउन थाल्दा सुरूमा अ...














