नवबिबाहिता मृत्युमा दाइजो प्रकरणः मुख्य आरोपी फरार, जोगाउन चलखेल
सञ्जय मिश्रा
रौतहट १ जेठ । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै नवविवाहित मुस्लिम महिलाको मृत्युको घटनासँग जोडिएका मुख्य आरोपी फरार भएका छन्।
घटनालाई दबाउन दोषीलाई कारवाहीबाट बचाउन अहिले बिचौलियाको चलखेल सुरु भएको छ। बिचौलियाले प्रहरीसँगै पीडित परिवारलाई अनेकन दवाब र प्रभावमा पार्न चलखेल सुरु गरेका हुन्।
कटहरिया–३ बड़ेरवा टोलमा घरभई हाल कटहरिया– ५ बजार क्षेत्...














