शेयर बजार २२ अङ्कभन्दा धेरैले बढ्याे
काठमाण्डाै – हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार २२ अङ्कभन्दा धेरैले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ विन्दुमा पुगेको छ ।
आज जलविद्युत् बाहेक सबै समूहको शेयर बढेर बजार हरियाली हुँदा लघुवित्त समूहको शेयर सबैभन्दा धेरै चार दशमलव २१ प्रतिशतले बढेको छ । आज विन नेपाल लघुवित्त र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । बजार...














