रेखा थापाको उपहार फिल्मको शिर्ष गीत हारेको छैन सार्बजनिक

रेखा थापाको उपहार फिल्मको शिर्ष  गीत हारेको छैन सार्बजनिक
काठमाडौं । नायिका रेखा थापाको बहुप्रतिक्षित फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’को शिर्ष गीत ‘हारेको छैन’ बिहीबार सार्वजनिक भएको छ । युट्युव मार्फत सार्बजनिक गरिएको यो शीर्ष गित फिल्मको तेस्रो गित हो । गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ । गीतको अडियो र भिडियो पक्ष बलियो छ । गीतका शब्द सजिलै सम्झन सक्ने खालका छन् । कविराज गहतराजको को...

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा ३ जना पक्राउ

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा ३ जना पक्राउ
काठमाण्डाै – काठमाण्डौको बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा तीन जना पक्राउ परेका छन् । व्यापारी अरुण चौधरी, कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र आम्रपाली कन्ट्रक्शनका सञ्जय ठाकुर पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई आज दिउँसो काठमाण्डौबाट पक्राउ गरेको हो । चौधरी अर्बपति व्यापारी तथा नेपाली कांग्रेसका ...

नर्सिङको लाइसेन्स परीक्षा चैतमा

नर्सिङको लाइसेन्स परीक्षा चैतमा
नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी चैतमा हुने भएको छ । परिषद्ले आज सूचना प्रकाशित गर्दै वार्षिक कार्यतालिकाअनुसार चैत ३ गते परीक्षाको मिति तय भएको जानकारी गराएको हो । परीक्षाका लागि आवेदन समेत मागिएको छ । माघ २१ गतेदेखि फागुल्न २१ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । त्यस्तै, दोब्बर दस्तुर तिरेर फागुुल्न २४ गतेसम्म अनलाइन दरखास्त दिन पाइनेछ । परिषद्का अनुसार परी...

ब्रह्मानन्दको पहिलो नेपाली लुक्स सार्वजनिक

ब्रह्मानन्दको पहिलो नेपाली लुक्स सार्वजनिक
दक्षिण भारतीय चलचित्रका चर्चित कमेडियन अभिनेता ब्रह्मानन्दको पहिलो नेपाली चलचित्रको पोष्टर सार्वजनिक भएको छ । उनको जन्मदिनको अवसर पारेर आज चलचित्र 'ह्रस्वदीर्घ' निर्माण टिमले पोष्टर सार्वजनिक गरेको हो । अभिनेत्री निता ढुंगाना र उनका श्रीमान तथा ज्योतिष हरिहर अधिकारीको निर्माण तथा चन्द्र पन्तको निर्देशन रहेको यस चलचित्रको प्रदर्शन मितिसमेत घोषणा गरिएको छ । उक्त चलचित्र ०८१ सालको असोज ११ मा रिलि...

राजधानीका अधिकांश पेट्रोल पम्प शौचालयविहीन

राजधानीका अधिकांश पेट्रोल पम्प शौचालयविहीन
काठमाडौँमा रहेका पेट्रोल पम्पले सेवाग्राहीको निम्ति अनिवार्य रुपमा निःशुल्क शौचालय उपलब्ध गराउनुपर्ने भएको छ । गत पुसमा पेट्रोल पम्पहरुको अध्ययन गर्न गठित समितिले आज महानगरपालिका र सरोकारवालहरुसँग गरेको छलफलमा पेट्रोल पम्पहरुलाई अनिवार्यरुपमा निःशुल्क शौचालय उपलब्ध गराउन निर्देशन दिएको छ । नेपाल आयल निगम, उपत्यका ट्राफिक प्रहरी कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर एशोसि...

महानगर प्रमुख दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत घिमिरेबीच छलफल

महानगर प्रमुख दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत घिमिरेबीच छलफल
माघ १८, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत रमेश घिमिरेबीच छलफल भएको छ । महानगरका युवाहरुलाई लगानी गरी रोजगारी प्रदान गर्न महानगर र कोषबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो। भरतपुर महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना गर्न विभिन्न कार्यक्रमको अवधाराणा अंगिकार गर्दै आइरहेकाले कोषको प्रस्तावमा सकारात्मक रहेको प्रमुख ...

भरतपुर मेयर्स कप क्रिकेटको खेल तालिका सार्वजनिक

भरतपुर मेयर्स कप क्रिकेटको खेल तालिका सार्वजनिक
भरतपुर, १८ माघ । भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ । आगामी माघ २६ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी २० वटा विद्यालयलाई दुईवटा समूहमा विभाजन गरिएका छन् । प्रतियोगितामा सहभागी महानगरभित्रका १० सामुदायिक विद्यालय समूह ‘ए’ मा छन् भने बाँकी १० वटा निजी विद्यालय समूह ‘बी’ मा छन् । माघ २६ देखि फागुन १ सम्म हरेक दिन २ खेल खेलाउने गरी ता...

माघ १८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

माघ १८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) हठ गर्ने बानीले समस्या निम्त्याउन...

मन्त्री डिगबहादुर लिम्बुको नेतृत्वमा १२ वर्षपछि नेपाल स्काउटमा निर्वाचन

मन्त्री डिगबहादुर लिम्बुको नेतृत्वमा १२ वर्षपछि नेपाल स्काउटमा निर्वाचन
कृष्ण पोखरेल , विराटनगर । नेपाल स्काउट भित्र लोकतान्त्रीक व्यवस्थाको पुनस्र्थापना गर्ने प्रशंसनीय प्रयासमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले १२ वर्षको अन्तरालपछि निर्वाचन गराउन महत्वपूर्ण कदम चालेका छन् । यो कदमले नेपालमा पबित्र स्वयमसेवी संगठनको छबि बनाएको नेपाल स्काउटको १२ बर्षे लामो संक्रमण अन्त्य हुनेभएको छ । नेपाल स्काउट ऐन २०५० बमोजिम युवा तथा खेलकुद मन्त्री नेपाल स्काउटको प्रमुख स...

शहीद दशरथ चन्द स्मृति पुरस्कारबाट दुवाल सम्मानित

शहीद दशरथ चन्द स्मृति पुरस्कारबाट दुवाल सम्मानित
बसन्त पराजुली भरतपुर, माघ १७ गते । लामो समयदेखि साहित्यिक पत्रकारिता गर्दै आउनु भएका मोहन दुवाल सम्मानित हुनुभएको छ । हाम्रो सिर्जना साहित्यिक पत्रिकाले स्थापना गरेको शहीद दशरथ चन्द स्मृति पुरस्कारबाट दुवाल सम्मानित हुनुभएको हो । जनमत साहित्यिक मासिकका प्रधानसम्पादक दुवाललाई मङ्गलबार शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा १५ हजार नगद राशीसहित प्रमाणपत्रले पुरस्कृत गरिएको हो । जिल्ला समन्वय स...