अवसरका झिल्का खोज्दै युवा पाइला
डा. डीआर उपाध्याय
पछिल्ला केही वर्षयता नेपालका युवाहरूको मनस्थितिलाई बुझ्न प्रयास गर्दा झनझन् गिजोलिएको देखिन्छ । आशा र निराशाबीच झुण्डिएको, आत्मविश्वास, आक्रोशबीच अलमलिएको, सामाजिक सञ्जालमा गाली-घृणाभन्दा बाहिर सोच्न नसकेको तर गहिराइमा देश र भविष्यप्रतिको चिन्ता लुकाएको एक विडम्बनापूर्ण पुस्ता देखिन्छ-अहिलेको नेपाली युवा । यो केवल सामाजिक सञ्जालको ‘ट्रोल कल्चर’ होइन, गहिरो मनोवैज्ञानिक, सामा...














