२०८१ साल फागुन १७ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष–
काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।
वृष–
आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको ...