‘द भ्वाइस अफ नेपाल’मा राजेश पायल राईको प्रवेश
लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’को कोचमा राजेशपायल राईको आगमन भएको छ । कोच तथा वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ भएपछि केही हप्ताका लागि उनको ठाउँमा राईलाई लिइएको हो । शुक्रबार प्रशारण भएको एपिसोड २२ बाट राई कोचका रुपमा उपस्थित भएका हुन् ।
दीप श्रेष्ठलाई जेठको पहिलो साता कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना पुष्टी भएपछि दुई साता लामो अस्पताल बसाईपछि उनी घर फर्किएका थिए । स...














