फेरि कहिले राजेश र करिश्माको जोडी फिल्ममा ?
अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर नेपाली फिल्मका सर्वाधिक रुचाइएका जोडी हुन् । एक समय यी दुईलाई लिएपछि फिल्म हिट हुन्छ भन्ने विश्वास निर्मातामा थियो । उनीहरु अभिनीत फिल्म प्रायः सफल पनि छन् । करिअरको उत्कर्षमा रहँदा तीन दर्जनभन्दा बढी फिल्ममा एकसाथ काम गरेका उनीहरु पछिल्लो पटक फिल्म ‘किन किन’ मा देखिएका थिए ।
करीब एक दशकयता भने राजेश हमाल र करिश्मा मानन्धरको फिल्ममा सहकार्य ...














