उल्टो ‘च’ लेखेर पढ्न सिकेका गगन योक्पाङ्देन
– कृष्ण उदाशी
हरेक मानिसको आफ्नै कथा हुन्छ । सबैसँग सुख र दुःखले जेलिएका परिस्थितिहरू हुन्छन् । प्रत्येक मानिससँग अरुलाई भावुक बनाउनसक्ने भोगाइहरू हुन्छन् । झट्ट देख्दा मानिस सामान्य हिँडिरेको देखिन्छ तर ऊभित्र विशाल सप्तकोशी उर्लिरहेको पनि हुनसक्छ । हामीले यो सामग्रीमा प्रस्तुत गर्न लागेका गगन योक्पाङ्देनको जीवन कथा पनि कुनै चलचित्रको कथा भन्दा कम छैन । यति बेला उनी नेपालमा कविताकै शक्तिका कार...