यो प्रेम पत्र एक पटक पढेपछि जसले तपाइंको मुटुलाई चसक्क घोच्छ !
प्रिय डेनियल !
मेरो सपनाको राजकुमार !!
मिठो सम्झना,
खै कहाँबाट शुरु गरौं ? जहाँ प्रत्येक शब्द शब्दहरु प्रेमिल भावहरु बनेर गलामा अड्किन्छन् ,यो छाती चिरिन्छ ,मुटु भक्कानिन्छ, अनायसै समुन्द्रको भेलसरी आँखाबाट अविरल अश्रुधाराहरु बग्न थाल्दछन् अनि सम्बोधन गर्ने कुनै शब्दनै पाउँदिन । पुन: एकोहोरो तिम्रो यादमा हराईरहन्छु तव स्वचालित यन्त्रझैं धाराबाहिक रुपमा तिम्रो लागि केही न केही नलेखी रहन सक...














