ऐतिहासिक धरोहरहरुबारे नयाँ पुस्ताले पर्याप्त अध्ययन गर्नु जरुरी छ : सत्यमोहन जोशी
काठमाण्डाै - शताब्दी पुरुष सत्यमोहन जोशीले साँस्कृतिक ज्ञान पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु आवश्यक रहेको बताउनुभएकाे छ ।
काठमाण्डौको नैकापमा कमला कार्की स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेकाे कार्यक्रममा उहाँले नयाँ र पुराना पुस्ताबीच साँस्कृतिक आदान प्रदानमा जोड दिनुभयाे ।
पछिल्लो समय नयाँ पुस्तामा मुलुकको कला संस्कृति तथा ऐतिहासिक धरोहरहरुबारे पर्याप्त अध्ययन अनुसन्धान हुन नसकेको जोशी...












