कोटेश्वरमा चेसाङ लामाको बुटिक ब्यबसाय संचालनमा
काठमाडौँ - बिगत एक दशक देखि सौन्दर्य क्षेत्रमा काम गरेर आफनो छुटै पहिचान बनाउन सफल सौन्दर्यकर्मी तथा मोडल चेसाङ लामाले ब्युटी सलुन संगै बुटिकको ब्यबसाय समेत संचालनमा ल्याएकी छिन। काठमाडौको कोटेश्वर स्थित भाट्भोटेनि नजिक उनले आफनो ग्राहकहरुलाई ध्यानमा राख्दै बुटिक बिस्तार गरेकी छिन। बुटिकमा ग्राहकको चाहना अनुसार सबै प्रकारको उच्च स्तरिय ड्रेस तयार हुने र सर्वसुलभ मूल्यमा पाउने कुरा संचालक चेसाङ लाम...