फिल्म निर्देशक निकेशले प्रेमिका अन्विशासँग गरे विवाह
काठमाडौँ । फिल्म निर्देशक निकेश खड्का वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मंगलबार काठमाडौँ बत्तीसपुतलीस्थित राम मन्दिरमा प्रेमिका अन्विशा खड्गीसँग विवाह गरेका हुन् ।
विवाह समारोहमा दुबैतर्फका आफन्त र सीमित साथीभाइको सहभागिता रहेको थियो । उनीहरूले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
राताेपुल घर भएकी अन्विशा विद्यार्थी हुन्, उनी फिल्म अध्ययन गरिरहेकी छन् । निकेश सितापाईला...














