सुनिल मास्केको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक
काठमाडौँ। पछिल्लो समय नेपाली गीत संगीतको एल्बम निकाल्ने प्रचलन निकै नै कम भएको छ। बेला बेला गीति संग्रह निकाल्ने श्रस्टाहरु पनी छन्। संगीतकार सुनील मास्केले आफ्नो बाह्रौँ सोलो एल्बम सार्वजनिक गरेका छन्। राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै उनको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक गरिएको हो। सार्वजनिक एल्बममा उदय सोताङ्ग र मनिला सोताङ्ग स्वर रहेको छ। सार्वजनिक एल्बममा ५ वटा गीत समाबेश छ। ‘कति कुरा मिठा ब...














