पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता पुरस्कार,उदीयमान पत्रकारिता पुरस्कार उषा सरदारलाई

पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता पुरस्कार,उदीयमान पत्रकारिता पुरस्कार उषा सरदारलाई
पत्रकार कल्याण कोष मोरङले यस वर्षको सिर्जनशील र उदीयमान पत्रकारिता पुरस्कार पाउने पत्रकार छनोट गरेको छ। हरेक दुई वर्षमा प्रदान गरिँदै आएको सिर्जनशील पत्रकारिता पुरस्कार उद्घोष दैनिकका समाचार सम्पादक एवम् बिबिसी नेपाली सेवाका संवाददाता विक्रम निरौलालाई प्रदान गर्ने निर्णय भएको हो। सो पुरस्कारको राशी ५१ हजार १ सय ५१ रुपैयाँ रहेको कोषका अध्यक्ष प्रल्हादप्रसाद साहले जानकारी दिए। यसैगरी, हरेक ...

हलिउड फिल्ममा अभिनेत्री प्रियंका

हलिउड फिल्ममा अभिनेत्री प्रियंका
मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा नयाँ हलिउड फिल्ममा जोडिएकी छन् । हाल नायिका आफ्नो आगामी सिरिज ‘सिटाडेल’ को प्रमोसनका लागि भारतमा छिन् । यति बेला नयाँ हलिउड फिल्ममा जोडिएर उनी चर्चामा छिन् । प्रियंका चोपडाले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ फिल्मको घोषणा गरेर सबैलाई चकित बनाएकी छन्, प्रियंकाको नयाँ आगामी फिल्म ‘हेड्स अफ स्टेट’ हो । प्रियंका चोपडाले हिजो राति इन्स्टाग्राममा पोस्ट सेयर ग...

लोकसेवाको तयारी गर्दै हुनुहुन्छ ? यसरी तयारी गर्नुहोस्

लोकसेवाको तयारी गर्दै हुनुहुन्छ ? यसरी तयारी गर्नुहोस्
काठमाडौं । नेपालमा लोकसेवाको तयारी गर्नेको संख्या धेरै छ ।सरकारी जागिर खाने रहर कसलाई हुँदैन र ? सरकारी जागिर खाने अभिलाषाका साथ धेरै मानिसहरु लोकसेवाको तयारीमा जुट्छन् । तर पढ्ने तरिका नजान्दा धेरै मानिसहरु आफ्नो लक्ष्यमा पुग्न असफल भइरहेका छन् । परिक्षामा कति लेख्ने, कसरी लेख्ने ? कति पढ्ने, कसरी पढ्ने ? भन्ने तरीका नजान्दा नै धेरै विद्यार्थीहरु असफल हुने गरेको लोकसेवा तयारी कक्षाहरु पढाईरहेका प...

प्लेनभित्रै दुई यात्रुबीचको झगडामा रोचक संयोग पुरा भिडियो सहित

प्लेनभित्रै दुई यात्रुबीचको झगडामा रोचक संयोग पुरा भिडियो सहित
२३ चैत, काठमाडौं । बुधबार साँझ विराटनगरबाट काठमाडौं उडेको बुद्ध एयरको उडान नं ७१० को जहाज भित्रै दुई यात्रु झगडा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै ती दुई यात्रुलाई जहाजमा खटिएका बुद्ध एयरका कर्मचारीले विमानस्थलका सुरक्षा अधिकारीको जिम्मा लगाए । प्रहरीले यसबारे छानविन गरिरहेको छ । जहाज भित्र दुई यात्रुको झगडा हुनुमा भने एक रोचक संयोग र...

चर्चित गायक सुजन चापागाईले अस्ट्रेलियाका विभिन्न ठाउमा प्रस्तुति दिने

चर्चित गायक सुजन चापागाईले अस्ट्रेलियाका विभिन्न ठाउमा प्रस्तुति दिने
चर्चित गायक सुजन चापागाईले अस्ट्रेलियाका विभिन्न ठाउमा प्रस्तुति दिने भएका छन्। अप्रिली ९ देखि सुरु हुने 'सुजन चापागाई अस्ट्रेलियाका टुर' अप्रिल २९ तारिकसम्म अस्ट्रेलियाका विभिन्न सहरहरुमा हुनेछ। तिन पाते ,गाला पुक्क, बाफ ,लजायर ,चुलबुले, घुमी घुमी लगायतका गितहरुबाट चर्चित चापागाई पहिलो पटक अस्ट्रेलियामा आफ्नो प्रस्तुति दिदै छन्। रोटेपिङ्ग इन्टरटेनमेन्टले आयोजना गर्न लागेको उक्त सांगेतिक ...

‘बहाव’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

‘बहाव’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
काठमाडौं, चैत २३ गते । शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'बहाव'ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि फिल्मकर्मी तथा नेताले फिल्मको विषयवस्तु फरक लागेको प्रतिक्रिया दिनुभएको छ । एमाले नेता रघुजी पन्तले ‘बहाव’ नेपाली फिल्म जगतमा सम्भावना बोकेको फिल्म बनेको प्रतिक्रिया दिनुभयो । ‘फिल्मको विष...

एकै जनराका फिल्म एउटै मितिमा भिड्दै

एकै जनराका फिल्म एउटै मितिमा भिड्दै
काठमाडौँ- नयाँ वर्ष २०८० को अवसर पारेर वैशाख १ गते प्रदर्शनमा आउने चार फिल्म एकापसमा भिड्दै छन्- जारी, नाइँ नभन्नू ल-६, बुलाकी र बिहे पास। यी चार फिल्मको विधा एउटै हो। चारै फिल्म सम्बन्ध र पारिवारिक कथावस्तुमा निर्माण भएका हुन्। जनरा एउटै हुने भएपछि यसको स्वाद र मनोरञ्जन पनि एउटै हुने भैहाल्यो। एउटै मितिमा चार फिल्म र त्यसमा पनि चारै फिल्म प्रेम र पारिवारिक सम्बन्धको कथामाथि बन्दा भिन्न जन...

बुद्ध एयरको उडिरहेको जहाजमै यात्रुहरुबीच कुटाकुट (भिडियो सहित )

बुद्ध एयरको उडिरहेको जहाजमै यात्रुहरुबीच कुटाकुट (भिडियो सहित )
विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको फ्लाइट नम्बर ७१० मा दुई यात्रुबीच झगडा हुँदा कुटाकुट भएको छ। बुधबार बेलुका ४ः३० वजे काठमाण्डौंका लागि उडेका विमानमा चिनजानकै युवाहरु विच कुटाकुट भएको हो। उनीहरुबीच पारिवारिक कुरामा विवाद भएको र विवादले चर्काे रुप लिँदा कुटाकट भएको जनाईएको छ। उनीहरुबीच भएको हात हालाहालको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ । उक्त विमान त्रिभुवन अन्तर्र...

पाथिभरा देवीको अलौकिक शक्ति, यस्तो छ रहस्यले भरिएको किम्बदन्ति

पाथिभरा देवीको अलौकिक शक्ति, यस्तो छ रहस्यले भरिएको किम्बदन्ति
नेपालको सुदुर पूर्व ताप्लेजुङ जिल्लामा अवस्थित ‘श्री पाथीभरा देवी’ एक धार्मिक पृष्ठभूमि बोकेको तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको एक ऐतिहासिक स्थल हो । पूर्व पश्चिम राजमार्गको धरान–धनकुटा तथा इलाम–फिदिम हुँदै नागवेली झै घुमेको बाटो पार गर्दैै प्रवेश गरिने जिल्ला ताप्लेजुङ साच्चिकै धार्मिक सांस्कृतिक तथा प्राकृतिक दृश्यले दुलही जस्तै सिगारिएको छ |सवैको मन मस्तिष्कमा हरपल सम्झनामा रहिरहने क्षेत्...

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने
मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले जिब्रो छेड्न लागेका हुन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन् । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निर...