लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन
काठमाडौँ । लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ । लोकदोहोरीका सर्जक समेत रहेका लम्सालको सोमबार राति निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश विजीले जानकारी दिए ।
लामो समयदेखि स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका लम्साल ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन् ।
...














