लोकसेवाको तयारी गर्दै हुनुहुन्छ ? यसरी तयारी गर्नुहोस्
काठमाडौं । नेपालमा लोकसेवाको तयारी गर्नेको संख्या धेरै छ ।सरकारी जागिर खाने रहर कसलाई हुँदैन र ? सरकारी जागिर खाने अभिलाषाका साथ धेरै मानिसहरु लोकसेवाको तयारीमा जुट्छन् । तर पढ्ने तरिका नजान्दा धेरै मानिसहरु आफ्नो लक्ष्यमा पुग्न असफल भइरहेका छन् । परिक्षामा कति लेख्ने, कसरी लेख्ने ? कति पढ्ने, कसरी पढ्ने ? भन्ने तरीका नजान्दा नै धेरै विद्यार्थीहरु असफल हुने गरेको लोकसेवा तयारी कक्षाहरु पढाईरहेका प...













