पल शाहको आग्रह: कसैलाई गाली नगरिदिनुहोला, उहाँहरुसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस्
काठमाडौं । जेलबाट निस्केपछि अभिनेता पल शाहले सामाजिक सञ्जालमा पहिलो स्टाटस लेख्दै आफ्नो भावना व्यक्त गरेका छन् । बितेको एक वर्षलाई आफूले सिकाइको उर्बर समयका रुपमा लिएको उनको भनाइ छ ।
मनमा कसैप्रति रिस र प्रतिशोधको भावना नरहेको पलले बताएका छन् । केवल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पूरा गर्ने एउटै लक्ष्य रहेको भन्दै उनले एक वर्षको घटनासँग जोडिएका सम्पूर्ण व्यक्तिहरुमा सदा सम्मा...














