विराटनगर महानगरका मेयर कोइरालाको निर्देशन– ‘सटरभन्दा बाहिर सामान राखे नियन्त्रणमा लिनू’
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पसलको सटरभन्दा बाहिर सामान राखे आजदेखि नियन्त्रणमा लिन महानगर प्रहरीलाई निर्देशन दिएका छन्।
विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरपालिकाले सरसफाइ, फुटपाथ नियन्त्रण, सेटब्याक हटाउने र पार्किङ व्यवस्थापनको अभियान जारी राखेको छ ।
महानगर प्रमुख कोइराला नेतृत्वको टोलीले सोमबार पार्किङ र फुटपाथको अवस्थाका ...













