दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँदै
दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँदैछ ।
कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।
उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ ।
आजका दिन काठमाडौंको गृहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली नेपालगञ्जको...














