दशैंलाई विकृतिको रूपमा नफैलाऔँ
नेपालीहरुको महान चार्ड विजया दशमी अर्थात् दशैं भित्रिसकेको छ। दशैंलाई नेपालीहरुले भव्य रूपमा मनाउने गरेका छन्। दशैं धार्मिक भन्दा पनि सांस्कृतिक र सामाजिक पर्वका रूपमा बढी मनाइने गरिन्थ्यो। जसले धर्म वा जातको भन्दापनि राष्ट्रिय पर्व भनेर नेपालीहरूलाई चिनाउने गथ्यो।
दशैंमा विदेश गएका नेपालीहरु पनि गाउँघर आउने गर्छन्। यो पर्वमा आफूभन्दा ठूलो मान्छेबाट टिका र जमरा लगाएर आशिर्वाद लिने गरिन्छ। दशैं...














